७० प्रतिशत लगानी रणनीतिक योजनामा गर्नुपर्छ : पूर्व अर्थमन्त्री पाण्डे

266
Shares

धादिङ। 

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले  रणनीतिक योजनाहरुमा लगानी गर्नु पर्ने बताएका छन् ।

प्रेस चौतारी धादिङले शुक्रबार धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले विकासको मोडेल फरक कोणबाट अघि बढाउनु पर्ने बताउँदै सबै काम एकैपटक गर्न खोज्दा अनुत्पादक लगानी बढेको लामो समयसम्म प्रतिफल लिन नसक्ने अवस्थामा पुगेको बताए ।

योजनाको प्राथमिकिकरण गर्दै साना र बजेट छर्ने योजना लगानी गरेपनि ७० प्रतिशत लगानी रणनीतिक योजनाहरुमा लगानी गर्नुपर्ने पूर्व अर्थमन्त्री पाण्डेको भनाइ छ ।

अहिले देशको अर्थतन्त्रको स्वास्थ्य राम्रो छैन । विदेशी मुद्राको संचिती बढेपनि यो देशको अर्थतन्त्रको पूर्ण संचिति नभएकोले अर्थतन्त्र चलायमान बनाउन योजनाहरु ल्याउनु पर्नेमा पाण्डेको जोड छ । नयाँ लगानी आउन सकेको छैन । विदेशबाट आयात कटौती गरिएको छ । निर्माण व्यवसाय, सेयर बजार, घरजग्गा कारोबार लगायतका स्थानमा आर्थिक कारोबार घट्दा अर्थतन्त्र संकुचित भएकोले धेरैलाई रोजगारी दिन सक्ने, विकासको मोडेललाई उत्पादनसंग गड्ने खालको योजना ल्याउन अर्थमन्त्रीलाई आग्रह गरे ।

हाल एकिकृत खेती प्रणली र व्यवसायिक नभएको अवस्थामा पालिकाले जनताको जमिन एकिकृत गरेर लिने र यसलाई ठूलो कृषि योजनाहरुमा लगानी गर्नु पर्ने खालको कानुन नै बनाएर अघि बढ्न सकेमात्र नेपालीले विकासको प्रतिफल हात पार्ने पूर्व अर्थमन्त्री पाण्डेको भनाइ छ ।

आन्तरिक ऋण, बैदेसिक ऋण, नेपाली र बैदेसिक लगानी ल्याएर अर्थतन्त्रमा लगानी गर्न सक्दामात्र हाल मन्द भएको अर्थतन्त्रले गति लिने भएकोले अर्थमन्त्रीले ल्याउने बजेट प्रमोटिभ एप्रोचको हुनु पर्ने र रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

संचारकर्मीहको जिज्ञासामा पूर्व अर्थमन्त्री पाण्डेले सबैले कानुन पालाना गर्नु पर्ने बताउँदै पदको आडमा कारबाही मुक्त हुन्छ भन्ने  सोच्नु गलत हुने बताएका छन्।

पत्रकार सम्मेलनमा नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटा, खेम लोहनी, नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।