रेन्वो इन्टरनेशनल कलेजबाट नक्कली परीक्षार्थी पक्राउ

3.76k
Shares

काठमाडौँ।

काठमाडौँको ठूलो भऱ्याङ स्थित रेन्वो इन्टरनेशनल कलेजबाट एक जना नक्कली परीक्षार्थी  पक्राउ परेका छन्।  नक्कली परीक्षार्थी बनेर  कक्षा १२ को परीक्षा दिएको आरोपमा जाजरकोट छेडागाड – ५ , बडावन  स्थायी घर भै हाल बागवजार काठमाडौं बस्ने  २३ वर्षीय  आदेश जंग शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

ठूलो भऱ्याङस्थित रेन्वो इन्टरनेशनल कलेजमा  शाहीले  टंक बहादुर घर्तीको परीक्षा दिएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।