विजयरत्नलाई आर्थिक सहयोग

168
Shares

काठमाडौं ।

मुटु र मिर्गौला रोगले पीडित फिल्म पत्रकार तथा निर्देशक विजयरत्न तुलाधरलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। मुटु र मिर्गौला रोगले थलिएका तुलाधरलाई उपचारमा सघाउन नेपाल चलचित्र निर्देशक समाजको पहलमा आर्थिक सहयोग संकलन गरी रकम हस्तान्तरण गरिएको हो।

अमेरिकाबाट निर्देशक सुमन दाहाल र नेपालबाट निर्देशक एभरेष्ट सूर्य बोहोराको सक्रियतामा दुई लाख १९ हजार ११ रुपिया“ निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीलगायतले तुलाधरलाई उनकै निवास स्थानमा पुगेर हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरणपछि अध्यक्ष पराजुलीले नेपालमा सर्जक समस्यामा पर्दा निर्देशक समाज सधैं अघि बढेर सहयोग गर्ने गरेको बताए। त्यस्तै तुलाधरले आफूप्रति देखाएको सदाशयतामा खुशी व्यक्त गरे।