श्रीलंकामा आयोजित कार रेसिङमा दुर्घटना, ७ जनाको मृत्यु

336
Shares

कोलम्बो ।

श्रीलङ्कामा भएको एक कार रेस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। मध्य श्रीलङ्काको दियातलावा सहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्र्याकबाट हटेर भीडमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार सो दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन्। दियातलावामा फक्स हिल सुपर क्रस २०२४ रेसिङ इभेन्टमा कारले नियन्त्रण गुमाएर दर्शकको समूहलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

श्रीलङ्कामा सवारीसाधनको दुर्घटना सामान्य मानिन्छ।  सन् २०२३ मा श्रीलङ्कामा २,२०० घातक ट्राफिक दुर्घटनाका कारण २ हजार ५ सय ५७ जनाको मृत्यु भएको थियो।