माइतीघर-बानेश्वरको निषेधाज्ञा हट्यो



काठमाडौँ।

सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म लगाएको निषेधाज्ञा हटाएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा-६ को उपदफा (३) (क) बमोजिम दुई महिनादेखि लगाइएको निषेधाज्ञा शनिबारदेखि हटाएको जानकारी दिएका हुन्।

काठमाडौंमा प्रशासनले गएको दुई महिनादेखि माइतीघर-बानेश्वर क्षेत्रमा निषेधाज्ञाको आदेश गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्