पोखरामा जिप दुर्घटना हुँदा ९ जना घाइते



पोखरा ।

पोखराको भदौरेमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग१ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो।

हालसम्म नौ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्त्यको पनि खोजी भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी दिए। उनकाअनुसार केहीको अवस्था गम्भीर छ। दुर्घटनामा घाइते भएकाहरूको उद्धार भइरहेको प्रहरीले जनाए छ।

प्रतिक्रिया दिनुहोस्