सुनील र विकललाई थप २१ दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौं ।

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

विशेष अदालतले आइतबार उनीहरुलाई थप २१ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।

भ्रष्टाचार आरोपमा पक्राउ परेका उनीहरुलाई थप २१ दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमति पाएको छ ।

अख्तियारले उनीहरुलाई १० माघमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्