गृहमन्त्री लामिछाने र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता


काठमाडाैं ।

गृहमन्त्री रवि लामिछाने र धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएकाे छ  ।

मेयर साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका छ ।

कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको मेयर साम्पाङको गुनासो गरेका छन् । लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा गम्भीर हुने गृहमन्त्रीको भनाइ छ । गृहमन्त्री लामिछानेले माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन  दिएका छन्  । प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई मेयर साम्पाङको सुझाव दिएका छन्  ।  प्रहरीलाई ‘आम नागरिकलाई भरः गलत गर्नेलाई डर’ हुने संगठन बनाउने गृहमन्त्रीको प्रतिवद्धता व्यक्त गरे ।

गृहमन्त्री र मेयर साम्पाङबीच लागू औषध दुब्र्यसनी नियन्त्रणबारे पनि छलफल भएकाे जनाइएकाे छ । नशाका लागि विभिन्न थरीका औषधि मिसाएर खाने प्रवृत्ति बढेको तर, त्यसविरुद्ध कारबाही चलाउन कानून नरहेकोबारे प्रमुख साम्पाङद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण गराए ।

नियन्त्रणका लागि तीनै तहका सरकारबीच प्रभावकारी सहकार्यसहित विशेष अभियान सञ्चालन गर्नुपर्ने गृहमन्त्रीको भनाइ छ।मेयर साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने गृहमन्त्रीले प्रतिवद्धता व्यक्त गरेकाे जनाइएकाे छ  ।