आइतबार पनि सुनको मूल्य उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

15.23k
Shares

काठमाडौं ।

नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ।  यसअघि बिहीबार र शुक्रबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ।  यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९०० रूपैयाँ र शुक्रबार प्रतितोला १ लाख ३० हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रतितोला १५ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।