मुक्तिनाथ बैंकद्वारा धादिङको विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम

196
Shares

काठमाडौं ।

मुक्तिनाथ विकास बैंक लि.ले वित्तीय साक्षरता अभिबृद्धि गर्न धादिङ जिल्लाको विभिन्न स्थानहरुमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले धादिङको रोराङ गाउँपालिका वडा नं. ५ स्थित सुन्दरदिप महिला विकास बहुदेश्य सहकारी संस्थामा आवद्ध महिलाहरुलाई र थाक्रे गाँउपालिका वडा नं. १० स्थित ठूलोपोखरीका स्थानीय बासीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो ।

उक्त कार्यत्रमहरुमा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषयहरु, डिजिटल बैंकिङ्ग प्रविधि र बैैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमा वित्तीय कारोबार बारे चेतना तथा पहुँच पु¥याउने उद्दश्य बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेट्वकमा आवद्ध अन्यजुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मातथामिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३आदि जस्ता सेवाहरु बैंकको शाखामाभौतिक रुपमाउपस्थितनभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।