अमेरिकी सांसदमा आषिश पोखरेलको उम्मेदवारी घोषणा



काठमाडौं ।

अमेरिकी संसद उम्मेदवारका लागि नेपाली मुलुकका अमेरिकी नागरिक एड्रिएन आषिश पोखरेल अव हुने प्राथमिक निर्वाचनको मतपत्रमा समावेश हुने भएका छन् ।

अमेरिकी प्रतिनिधि सभा अर्थात सांसद पदका लागि चाहिने १ हजार जनाको हस्ताक्षर पाएपछि उनी मनोनयनमा पर्ने भएका हुन् । अमेरिकाको संसदको उम्मेदवार हुनकालागि आफ्नो क्षेत्रमा बसोबास गर्ने १ हजार मतदाताले हस्ताक्षर गरेर निर्वाचन आयोगमा पठाएपछि प्राथमिक चरणको निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था रहेको छ ।

पोडरेर डेमेक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार घोषणा गरेका पोखरेलको पक्षमा १ हजार ३ सय मतदाताले हस्ताक्षर गरेर निर्वाचन आयोगको कार्यालयमा पठाएको र निर्वाचन आयोगले उक्त हस्ताक्षरको प्रमाणित गर्ने काम गरिरहेको छ ।

निर्वाचन आयोगले हस्ताक्षर प्रमाणित गरिदिएपछि भर्जिनियाको १० नम्वर क्षेत्रबाट पोखरेल चुनावमा सहभागी हुने अमेरिकामा बस्दै आउनु भएका पत्रकार बिजय थापाले जानकारी दिए ।

यो कुनै पनि उम्मेदवारलाई यती संख्यामा हस्ताक्षर पु¥याउन ठूलो चुनौती हुने गरेको छ भने नेपाली मूलका उम्मेदवारले १ हजार ३ सय मतदाताको हस्ताक्षर पु¥याउनुलाई ठुलो सफलता मानिएको छ । निर्वाचन कार्यालयमा बुझाइएको हस्ताक्षर प्रमणित गर्न निर्वाचन अधिकारीले उक्त हस्ताक्षर सक्कली हो वा नक्कली हो भनेर छुट्याउन विद्युतिय माध्यमबाट चालक अनुमतिपत्र वा राज्यले प्रदान गरेको परिचय पत्रसंग हस्ताक्षरसंग रूजु गर्नु पर्ने प्रावधान रहेकाले अहिले सोही काम भइरहेको पत्रकार थापाले जानकारी दिए ।

आफ्नो चुनाव अभियानका लागि पोखरेलले कार्यालयको उद्घाटन समेत गरेका छन् । उनी धरानबाट अमेरिका बसाई सराई गरेका हुन् भने, अमेरिकामा सैनिक सेवा,गुप्तचर सेवा र अमेरिकी राष्ट्रिय सुरक्षा सेवामा काम गरी सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्