संवैधानिक परिषद्को बैठक बालुवाटारमा जारी



काठमाडौं ।

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बसिरहेको छ। बैठक आज बिहान ९ बजेपछि शुरू भएको हो।

संविधानको धारा २८३ अनुसार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिषद् बैठक राखेका हुन्।

बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको छ।

संवैधानिक परिषदको बैठकअघि प्रधानमन्त्री प्रचण्डले शनिबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्