अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

28
Shares

काठमाडौं ।

 पर्सा, वीरगंज महानगरपालिका(१८ ईनर्वा मनियारी बस्ने ३० वर्षीय अजित कुमार सिंहलाई अवैध लागूऔषध गाँजा २ किलोसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोही नगरपालिका नगवा चोक बस्ने २० वर्षीय सुजन यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

डडेल्धुरा, अमरगढी नगरपालिका-४ तल्लो खलंगाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ सय ९५ मिलिग्रामसहित सोही ठाउँ बस्ने ४३ वर्षीय कमल गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट खटिएको प्रहरीले से।७ प ३६१५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक गुरूङलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, कन्काई नगरपालिका-३ डाईमन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम र अवैध लागूऔषध गाँजा ४ ग्राम १ सय ७० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २१ वर्षीय सन्जय चौधरी र ३० वर्षीय रोशन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यलय सुरुङगाबाट खटिएको प्रहरीले सन्जयको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ र रोशनको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दीबारी गाउँपालिका-२ बस्ने २४ वर्षीय कमल बिक र २० वर्षीय प्रतिक तामाङ रहेका छन् । प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मे।३ प ७८११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचिनगर नगरपालिका-६ मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित भोजपुर ट्याम्केमैयुम गाउँपालिका-७ बस्ने २९ वर्षीय उगेन दर्जीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-७ पाथिभरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम ५१ मिलिग्रामसहित २ जनालई शुक्रबार बेलुकी प्रहरीले पक्रउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय जीबन लिम्बु र २६ वर्षीय सुमन लिम्बु रहेका छन् । सुन्दरहरैचा नगरपालिका-७ पाथिभरा बस्ने कमला वानेमको घरमा लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले कमलाको घर तलासी गर्दा उनको घरमा पाहुना आएका दुवै जनालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।