जनमत साहित्यिक मासिकको ४०औँ वार्षिकोत्सवमा १५ जना श्रष्टा सम्मानित

364
Shares

काभ्रे । 

जनमत साहित्यिक मासिकको ४०औँ बार्षिकोत्सव तथा सम्मान कार्यक्रम बनेपाको पार्टी भेनुमा भब्य कार्यक्रमकाबीच सम्पन्न भएको छ ।

जनमत वाङमय प्रतिष्ठानले विभिन्न १५ स्रष्टालाई सम्मान गरेको छ । ४० औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई २०७९ सालको सम्मान प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठले सम्मानीत श्रष्टाहरुलाई सम्मान–पत्र, दोसल्ला र नगदसहित प्रदान गरेका थिए ।

सम्मान कार्यक्रममा दीपा–जनमत सम्मानबाट समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतम (बागलुङ), गणेश÷खिलकुमारी दुवाल–जनमत सम्मानबाट लेखक प्रमोद प्रधान (मोरङ), हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मानबाट प्रा.डा. अभि सुवेदी (तेह्रथुम), जनमत–जनक प्रधान सेवा सम्मानबाट पत्रकार राजेश खनाल (महोत्तरी)लाई सम्मानित गरियो ।

त्यसैगरी केवलपुरे–जनमत सम्मान नर्मदेश्वरी सत्याल(संखुवासभा), कमला सैंजू–जनमत सम्मान लक्ष्मी माली(काठमाडौं), जनमत–महेन्द्रलाल कलाकार सम्मान रविन्द्र श्रेष्ठ (भक्तपुर), जनमत–राजभाई सहयात्री सम्मान बाबुराम श्रेष्ठ ’वर्षा’ (मोरङ), भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान मेरिना स्मृति (काठमाडौं), जनमत–केदार-सुदर्शना बालसाहित्य सम्मान गङगादेवी कसजु (बाग्लुङ)लाई प्रदान गरियो ।

त्यस्तै जनमत–सिचि धर्म-संस्कृति सम्मान रामकृष्ण कर्मा (ललितपुर)नमत–मित्र अनुवाद राष्ट्रिय सम्मान महेश पौड्याल (झापा), जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान बालरोग विशेषज्ञ प्रा.डा. सृजना श्रेष्ठ(काठमाडौ), जनमत–ज्ञानरत्न- मंगलतारा राष्ट्रिय सम्मान दिनेश गु(पर्सा) र जनमत–पूर्णमान- लुचि समाजसेवा सम्मान रामराजा धौभडेल (काभ्रे)लाई प्रदान गरियो ।

प्रतिष्ठानले यसअघि विभिन्न क्षेत्रका २ सय १९ स्रष्टालाई सम्मान गरिसकिएको जनमत बाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालले जानकारी गराएका छन् । जनमत प्रकाशनमार्फत प्रकाशित हुँदै आएको जनमत साहित्यिक मासिकको २०४५ सालयता ३ सय १८ अंक प्रकाशित भइसकेका छन् । अध्यक्ष दुवालले अक्षरकर्मी र साहित्यिक संस्था चिनाउने अभियानमा प्रतिष्ठान लागिरहेको बताए ।

कार्यक्रममा जनमत प्रकाशनबाट २०८० सालमा प्रकाशित लोकेन्द्रबहादुर चन्दद्धारा लिखित एकांकी ‘नेताका साथी’, मोहन दुवालको ‘आलोचना र परिचय’ (दोस्रो संस्करण), सिद्धिबहादुर कर्माचार्यको नाटक ‘किरणको वेदना’, शुक्रराज शास्त्रीको पुस्तक ‘स्वर्गको दरबार’ को तेस्रो संस्करण र मोहन दुवालको सम्पादकत्वमा प्रकाशित जनमत: जानकारी पुस्तक सार्वजनिक गरिएका थियो ।

कार्यक्रममा सम्मानित प्रतिभाहरुले कविता तथा विभिन्न रचना वाचन गर्नुभएको थियो । सम्मानित प्रतिभा र अतिथी वक्ताहरुले नेपाली साहित्यककको क्षेत्रमा जनमतले पुर्याएको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा कलाकार नरेन्द्र बहादुर श्रेष्ठले कार्यक्र्मको उद्घघाटन गर्नुका साथै सम्मानीत ब्यक्तित्वहरूलाई सम्मान गरे ।

प्रमुख अतिथि श्रेष्ठले कविताका नाममा पर्चा लेख्नेले पुरस्कार लिन्छन् तर मोहन दुवालले रचनाको दियो बाल्ने काम गर्नुभएको छ । देशका होनहार साहित्यकारहरूलाई एकथलोमा ल्याई सम्मान गर्नु साहित्यका क्षेत्रमा महत्वपूर्ण काम हो भने। सम्मानीत ब्यक्तिहरूलाई जनमत मासिकका संस्थापक प्रधान सम्पादक तथा जनमत बाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, प्रमुख अतिथि श्रेष्ठ लगायतले प्रमाणपत्रका साथ माला, खादा, प्रमाणपत्रका साथ नगद पुरस्कारले सम्मान गरेका थिए ।

विशेष अतिथि तथा अतिथिहरु र सम्मानीत व्यक्तिहरुले साहित्यको बिकास र जगेर्नाका क्षेत्रमा मोहन दुवालले पुर्याएको योगदानको मुक्त कष्ठले प्रशसा गरेका थिए । बरिष्ठ कवि अर्जुन पराजुलीको राजनेताको चरित्रका बारेमा वाचन गरिएको प्रेमपत्रले सहभागी सबैलाई स्तब्द बनायो । थोपा थोपाले समुन्द्र बन्छ देश बनाऊने दायित्व हामी सबैको हो सम्मानित गंगा सुबेदीले भने ।