“एक कप चिया”को चौधौं वार्षिकोत्सव सम्पन्न

2.5k
Shares

काठमाडौं ।

तीन दशक अगाडि स्थापना भएको युवा नेत्र सेवाले गरिबहरुलाई लक्षित गर्दै समवेदनशिल आँखा अन्दोपनबाट हटाउने उद्देश्यले सेवा क्षेत्रमा कार्यरत हुँदै आर्थिक स्रोत जुटाउन “एक कप चिया” नारा दिई सञ्चालन गरेको शनिबार आफ्नै प्राङ्गनमा चौधौं वार्षिकोत्सव सम्पन्न भएकाे छ  ।

उक्त अवसरमा प्रमुख अतिथि “एक कप चिया दान”का पहिलो दाता रत्ना डंगोल र अतिथि जर्मनी नागरिक क्रिस्ता डीगाला दोस्रो दाताले संयुक्त रुपमा पानसमा बत्तीबाली समुद्घाटन गरिन् । यस्तै प्रमुख अतिथि डंगोलले यस “एक कप चिया दान” जस्ता पुण्य कार्यमा जोडिनु पाउँदा खुसी व्यक्त गरिन् ।

यसै गरी संस्थाका महासचिव रोशन महर्जनले स्वागत मन्तव्यका क्रममा संस्थाबारे प्रकाश पारे भने भोलि शनिबार यसै वार्षिकोत्सव पारेर १३ जनालाई मोतिविन्दुका बिरामीहरुलाई निःशुल्क शल्यक्रिया गरिने बताए।

युवा नेत्र सेवाका अध्यक्ष सिद्धार्थ रञ्जितले कार्यक्रममा बोल्दै “एक कप चिया दान” का सदस्यहरु १७ वटा राष्ट्रहरुमा फैलिएको बताए भने आजीवन सदस्य १ सय ६२ जना र २ सय तीन जना साधारण सदस्य गरी ३ सय ६५ जना रहेको बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष रञ्जितले प्रमुख अतिथि र अतिथि द्वयलाई मायाको चिन्ह प्रदान गरे । “एक कप चिया दान”का सम्पूर्ण आजीवन सदस्य र साधारण सदस्यहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे ।