संविधान संशोधन गरेर हिन्दुराष्ट्र कायम गर्न अभियानलाई शसक्त बनाउने नेताहरुको निचोड

196
Shares

काठमाडौं ।

सनातन हिन्दुराष्ट घोषणा महाअभियानको बिशेष बैठकले सनातन हिन्दुराष्ट्र मुलुकको एजेण्डा बन्नु पर्ने निचोड निकालेको छ ।

शुक्रबार धुम्बहाराहीस्थित स्मार्ट मलमा आयोजित छलफलले मुलुकको समृद्धिका लागि हिन्दु राष्ट्र महाअभियान मुलुककै एजेन्डा बन्नु पर्ने निश्कर्ष निकालेको हो ।

छलफलमा सहभागी कांग्रेसका अधिकांश नेताहरुले सनातन हिन्दुराष्ट्र कायम राख्नु पर्छ भन्ने अभियानलाई बृहत् बहसका रुपमा लैजानुपर्ने बताए । अभियानका संयोजक कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले कांग्रेसको महासमिति बैठकबाट बहसको विषया बनेको बताए । ञप्रधानमन्त्री प्रचण्डले समेत सदनमा यो विषयलाई गम्भीर रुपमा लिनुभएको छझ, भण्डारीले भने,९ञमहासमिति बैठकमा लगेको प्रस्तावलाई स्वीकार गरिसकेको अवस्था छ ।

अरु दलका साथिहरुले समेत कांग्रेसले लिडरोल लिईदियोस भन्ने चाहाना व्यक्त गरेको उनको भनाई छ । कांग्रेस पार्टीले यो विषयलाई मुल मुद्दा बनाएर अघि बढ्नुपर्ने सबै क्षत्रबाट सुझाव आएको भन्दै भण्डारीले एक हप्ताभित्रै सभापतिलाई भेटेर अभियानलाई व्यापकता बनाउने बताए । छलफलमा पूर्व मन्त्री एवं नेपाली कांग्रेस कन्द्रीय सदस्य पुष्पा भुषालले सनातन हिन्दुराष्ट्र कायम राख्नु पर्छ भन्ने अभियानलाई बृहत् बहसका रुपमा लैजानु पर्ने बताईन् ।

राष्टसँग जोडिएको विषय भएकाले लोकतन्त्रको मूल्य मान्यता बोकेको कांग्रेसले यो मुद्दाको नेतृत्व लिनु पर्ने उनको भनाई छ । ञसनातन हिन्दुराष्ट्रसँग नेपाल राष्ट्र र नेपाली जनतासंग जोडिएकाले पार्टीभित्र खुलला बहस सुरु भएको होझ, भुसालले भनीन९ ञकेन्द्री समितिका ४० प्रतिशतले यो एजेन्डालाई स्वीकार गरिसकेको छ ।झ अभियानलाई सातवटै प्रदेशमा संस्थागत गर्दै बैचारिक ढंगले अघि बढाउनु पर्ने अभियानताहरुलाई सुझाव दिईन ।

त्यस्तै केन्द्रीय सदस्य तथा पूर्व मन्त्री देबेन्द्र कडेलले कांग्रेसको केन्द्रीय कार्य समितिमा कडा रुपमा प्रस्तुत हुनुपर्ने भन्दै यो अभियान अन्तरास्ट्रिय रुपमा उठ्नु पर्ने बताए । नेपाली कांग्रेसका युवा नेता लोकेश ढकालले मुलुकलाई हिन्दुराज्य घोषणा गर्न ढिला गर्नु नहुने बताए । सनातन हिन्दुराष्ट घोषणा महाअभियानको बिशेष बैठकमा बोल्दै नेता ढकालले देश र जनताको हितकालागि हिन्दुराज्य अनिवार्य भएको बताए । उनले बहुसंख्यक ओमकार परिवार र जनमतको विरुद्दमा गएर संविधानमा उल्लेख गरिएको धर्म निरपेक्षता सयका संविधानबाट हटाउनु पर्ने उनको जिकिर छ । ‘बाहिरि प्रभाव र दवावमा परेर देशको धर्म संस्कृति र सनातन विषयमाथि प्रहार हुदैजानु मुलुक र मुलुकबासीका लागि दुखद होझ, उनले भने ।

छलफलमा पूर्व मन्त्री समेत रहेकी केन्द्रीय सदस्य उमा रेग्मीले मुलुकको पहिचानको समस्या हाला भन्ने त्रास बढेको बताईन् । वैदिक सनातन हिन्दुराज्य बनाउन ढिला गर्नु नहुने भन्दै उनले हिजो भएको कमजोरीलाई सुधार गर्दै जानुपर्ने बताईन योअभियानलाई आम नागरिकमाझ लैजानुपर्ने उनको तर्क छ । संविधानसभा सदस्य मोक्तार अहमद्ले गणतन्त्रमा छाडापन बढेको जिकीर गर्दै हिन्दुराष्ट्रले कसैकोकुभलो नगर्ने बताए । हिन्दुराज्यले सबै धर्मको अस्तित्व जोगिने बिश्वास व्यक्त गरे ।

नेपाल तरुणदलका पूर्व महामन्त्री पुष्प पराजुलीले सनातन हिन्दुराज्य मुलुकको समृद्धिसंग जोडिएकाले यसैको माध्यामबाट नेपाललाई संसारका सनातन धर्महरुको केन्द्र बनाउन सकिने बताए । छलफलमा दर्जनबढी सांसदहरु सहभागी थिए । स्मार्ट मल सुकेधारामा भएको छलफलमा अभियानका पक्षमा हस्ताक्षर गर्ने अधिकांश केन्द्रीय सदस्यहरु सहभागी थिए ।