ठमेलबाट कोकिन कारोबार गर्ने दुई ब्राजिलियन नागरिक पक्राउ

10k
Shares

काठमाडौं ।

 प्रहरीले काठमाडौंको ठमेलबाट लागु औषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । ठमेल जेपी मार्गस्थित एक होटलमा शंकास्पद रूपमा बसिरहेका ब्राजिलियन नागरिकहरु लारिसन ब्रिटो डोस सान्तोस र फेरनान्दा भेल डिसलाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी रामेश्वर कार्कीले जानकारी दिए।

उनीहरुले कोकिनको क्याप्सुलहरू निलेर पेटमा लुकाएर नेपाल भित्र्याउने गरेको पाइएको छ । चैत १३ गते ठमेलको एक होटेलमा लारिसनले सुटकेसभित्र लुकाएर राखेको ८४० ग्राम कोकिन तथा फर्नान्डले लुकाएको थप ५५० ग्राम गरी जम्मा १३९ क्याप्सुलबाट कोकिन १ किलो ३९० ग्राम बरामद भएको थियो ।

त्यसपछि उनीहरूले थप कोकिन लुकाएको हुनसक्ने आश‌ंकामा दुबै जनालाई प्रहरी अस्पताल लगिएको थियो। अस्पतालमा परीक्षण गराउँदा लारिसनको पेटबाट थप ६५ ग्राम कोकिन बरामद गरिएको एसपी कार्कीले बताए । उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।