सिराहामा बाहिरियो एसईईको प्रश्न पत्र

1.03k
Shares

सिराहा ।

सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्न पत्र बाहिरिएको छ। परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो।

चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो। त्यहाँबाट तस्बिर खिचेर सामाजिक सञ्जाल ह्वाटसअप मार्फत छ्यापछ्याप्ती बनाइएको छ।

परीक्षा हल वरिपरि फोटोकपी मेसिन सहित चिट बनाउने टोलीहरू सक्रिय रूपमा बसेका छन्। सिराहा जिल्लाभरि नै नेपाली विषयको प्रश्न पत्र सामाजिक सञ्जाल मार्फत निजी विद्यालयहरूको हात हातमा पुगेको छ।