आईपीएलमा राजस्थानको दोस्रो जित

280
Shares

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा राजस्थानले दिल्लीलाई १२ रनले पराजित गरेको हो।

राजस्थानले दिएको १८६ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ५ विकेट फुमाउदै १७३ रन मात्र बनाएको थियो। दिल्लीका लागि डेभिड वार्नरले सर्बाधिक ४९ रन बनाए भने ट्रीस्टान स्टब्सले अविजित ४४ रन बनाएका थिए।

त्यसै गरी राजस्थानका बलर नान्द्रे बर्गर र युजवेन्द्र चहलले २-२ तथा आभेस खानले एक विकेट लिएका थिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले रियान परागको ४५ बलमा ८४ रनको इनिंगको मद्दतले २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो।

आईपीएलको जारी सिजनमा राजस्थानको यो लगातार दोस्रो जित हो। यता दिल्ली भने लगातार दुई खेलमा पराजित भएको छ।