पूर्व स्वास्थ्य सचिव मिश्रको निधन

6.86k
Shares

काठमाडौं ।

पूर्व स्वास्थ्य सचिव डा. प्रविन मिश्रको निधन भएको छ। ६२ वर्षीय डा. मिश्रको नयाँ दिल्लीमा मङ्गलबार राति ९:२८ बजे निधन भएको हो ।

उनी कलेजोको सिस्टको शल्यक्रियाको लागि डेढ महिनादेखि दिल्लीमा थिए र उक्त शल्यक्रिया सफल भएको थियो।

पारिवारिक स्रोतका अनुसार शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका डा. मिश्र लाई एक्कासि कार्डियक एरेस्ट भएपछि मृत्यु भएको हो।

उनले २०६६ देखि २०७१ साउन सम्म स्वास्थ्य मन्त्रालयको सचिव पद सम्हालेका थिए। उनी ५१ वर्षको उमेरमा सेवा निवृत्त भएका थिए।