बालबालिकाको खोजी जारी


उदयपुर ।

उदयपुरमा त्रियुगा नगरपालिकाको १४ नम्बर वडाको उत्तरी सिमा स्थित सुनकोशी नदीमाआइतबार साँझ होली खेलेर नुहाउने क्रममा बेपत्ता भएका तिन बालवालिकाको खोजी कार्यको लागि शसस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ ।

वडाबहादुर मगरको खोजी कार्यको गोताखोरको टोली परिचालन गरिएको हो । बालबालिकाको खोजतलास गर्न शसस्त्र प्रहरी बल नम्बर १ बाराह बाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना शसस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बिहान ११ बजे देखि गोताखोरको टोलीले बालबालिका बेपत्ता भएको स्थान देखि तलतिरको क्षेत्रमा पानी मुनी गएर खोजी गर्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरीनन्दन चौधरीले जानकारी दिनुभयो ।

कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई वालबालिका बेपत्ता भएको घटना स्थलमा पुगेर बालबालिका खोजतालसको जानकारी लिनु भएको छ । आईतबार दिउसो समयमा होली खेल्दै कोशी पुगेका बालबालिका नुहाउने क्रममा कोशीले बगाएको थियो । बेपत्ता बालबालिकाहरुको निरन्तर खोजी कार्य भैरहेको छ । भिडियो पनि छ ।