युएसए ओपनमा एरिका र बिप्लव

564
Shares

काठमाडौं ।

युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एसियाडकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ र बिप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन्।

अमेरिकाको टेक्सासमा मार्च २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन्। एरिकाले गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् ।

एसियाली खेलकुदमा एरिकाले जितेको रजत कुनैपनि नेपाली कराते खेलाडीले जितेको पहिलो र एकमात्र हो । एरिका इन्डोनेसियामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपकी स्वर्ण विजेता पनि हुन् । विप्लव १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन्।

प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन्। कुशल बाहेक ३ सदस्यीय टोली सोमबारै अमेरिका प्रस्थान गरेका छन्। कुशल भने मंगलबार जानेछन्।