असईसहित २३ प्रहरी सम्पर्कविहीन

658
Shares

काठमाडौं ।

नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २३ जना विभिन्न कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २३ जना कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सूचना प्रकाशित गरेको हो।

तोकिएको अवधिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली २०७१ को उपनियम १ को खण्ड च अनुसार कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका चार प्रहरी सहायक निरीक्षकसहितका २३ कर्मचारी रहेका छन्।