बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश

1.03k
Shares

काठमाडौं ।

सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ।

मेडिकल व्यवसाय हुँदै राजनीतिक सम्बन्ध बनाएका दुर्गा प्रसाईंले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद जारी बेलामा न्यायाधीशहरू डा. कुमार चुँडाल र सारा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले सो मुद्दामा अदालतले निवेदनबमोजिम रिट जारी भएको जिकिर गर्दै भन्नुभयो– ‘विस्तृत विवरण त संक्षिप्त आदेश वा फैसलाको पूर्णपाठ प्राप्त भएपछि थाहा होला ।’

आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। त्यही रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उक्त आदेश जारी गरेको हो।