आगलागीबाट तिन घर जलेर नष्ट 

2.2k
Shares

बाजुरा  । 
 बडिमालिकाका नगरपालिका  वडा नं ६ कोर्धमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आइतबार ( हिजो साँझ) गते साझा बडिमालिका नगरपालिका ६ स्थित अम्म बडूवाल,बलबहादुर बडूवाल र बादुरे बडुवालकोसँगै जोडिएको ३ तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
दिउँसो घरमा सबै काममा गएको समयमा साझा सात बाजेतिर एक्कोसी घरमा आगोको मुस्लो देखिएपछि छिमेकीले थाहा पाएको बडिमालिका नगरपालिका ६ का वडा अध्यक्ष कृष्ण खड्काले बताए । बिजुलीको लाइन सट भएर आगलागी हुन गएको हो । आगलागीबाट  घरमा भएको लत्ता कपडा खाद्यान्न लगायत सबै सामान जलेर नष्ट भएको छ  ।
आगलागीबाट मानवीय र पशु चौपाएको क्षेती नभएको प्रहरीले जानकारी दिएको छ । आगलागिको विस्तृत  जानकारी आउन बाँकी रहेको छ। एक साता अघि  सोही वडाको नुने पानी स्थित  उमेश कार्कीको होटेल पसलमा राति एकाएक आगलागी हुँदा नौलखा रुपैयाँ बढीकाे धनामाल जलेर नष्ट भएको थियो ।
उनी बाजुराका एक सफल युवा व्यवसयी हुन् ।  बोर्धमा भएको आगलागीबाट भने विस्तृत जानकारी आउन बाँकी रहेको र त्यहाँ प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगलागी स्थानीय जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले नियन्त्रणमा लिएको छ ।