सूर्य नेपाल एनपीजीए टुर हुँदै

98
Shares

काठमाडौं ।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप गोकर्ण गल्फ क्लबमा सुरू हुँदैछ।

आजदेखि चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगिता विहिबार समाप्त हुनेछ। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गल्फरले सहभागिता जनाउनेछन्।

विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः ९० हजार र ६७ हजार नगद हासिल गर्नेछन्।

३६ होलको समाप्तीपछि उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन्। एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने नियम रहेको छ। कट बनाउन सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।

एनपीजीएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले सूर्य नेपाल टुरमा गल्फको स्तर बढ्दै गएको र यो सिजन प्रो र एमेच्योर खेलाडीहरूको प्रदर्शन उत्साहजनक रहेको बताए।