एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

126
Shares

सुर्खेत ।

नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन्। देवकोटाले अध्यक्षका प्रत्याशी अमृत बिसीलाई पराजित गरेका हुन्। देवकोटाले जम्मा ३५१ मत प्राप्त गर्दा बिसीले १३२ मत मात्रै प्राप्त गरे।

यस्तै उपाध्यक्षमा मोहनसिहं बडुवाल, सचिबमा डम्बर तिवारी तथा उपसचिवमा टिकाराम सोमै र शुशिला विश्वकर्मा निर्वाचित भएका छन्।

उपाध्यक्षमा ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्मा र उपसचिवमा हरिप्रसाद अधिकारी, गणेशमान खनाल, जयहादुर खड्का, तृप्ति विक र कोकिला सिंह पराजित भए।