चौदण्डीगढी नगरपालिकामा पाँच दिने आत्मरक्षा तालिम सम्पन्न 

672
Shares

उदयपुर  । 

उदयपुरको चौदण्डीगढी नगरपालिकामा पाँच दिने आत्मरक्षा तालिम शनिवार सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद“ भन्ने मूल नारा सहित चौदण्डीगढी नगर युवा तथा खेलकुद विकास समितिको प्रायोजन तथा नेपाल राष्ट्रिय मुवाँथाई जिल्ला संघ उदयपुरको आयोजनामा  पाँच दिने आत्मरक्षा तालिम सम्पन्न गरिएको हो ।

पाँच दिने आत्मरक्षा तालिममा चौदण्डीगढी नगरपालिका भित्रका कक्षा ११ र १२ मा अध्ययन गर्दै गरेका विद्यार्थी सहभागी रहेका थिए । उनीहरूलाई नेपाल राष्ट्रिय मुवाँथाई संघका मुख्य प्रशिक्षक दिल तामाङ र दिपा शाहीले प्रशिक्षण दिएका थिए ।

शनिवार एक कार्यक्रमका बीच चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले  पाँच दिने मुवाथाई आत्मरक्षा तालिमको समापन गर्नु भएको हो । पाँच दिन तालिम लिएका प्रशिक्षार्थीलाई नगर प्रमुख लामाले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

मुवाथाई मार्सल आर्टका ८ वटा विधा प्रयोग गरी एक फुल कन्ट्रयाक खेल हो । जसमा विपक्षी खेलाडीसँग खेल्दा हात खुट्टा इम्बोल्स, फिस्टस्, नी, र सिन्स को प्रयोग गरिन्छ । मुवाथाई खेलको सुरुवात थाईल्याण्डबाट भएको हो । यस खेललाई मार्सल आर्टको राजा मानिन्छ । खेल एक शताब्दी भन्दा पुरानो भइसकेको छ ।