आयआर्जनका लागि तरकारीको बीउ वितरण

210
Shares

उदयपुर ।

 त्रियुगा नगरपालिका १०नम्बर वडा कार्यालयले शुक्रवार  स्थानीय जनताको  आयआर्जनका लागि १ हजार ८ सय २७ परिवारलाई  टाेल विकास संस्था मार्फत छ प्रकारका तरकारीको बिउ वितरण गरेको छ ।

 ३ लाख मूल्यको तरकारीको बीउ वितरण गर्दै त्रियुगा नगरपालिका १० नम्बर वडाका वडाध्यक्ष किरण पाण्डेले सबै वडावासीलाई समानुपातिक रुपले करेसाबारी तरकारीको बीउ वितरण गरिएकोले यसले आयआर्जनमा ठूलाे मद्दत गर्ने बताए ।

वडाध्यक्ष पाण्डेले समाजमा व्याप्त गरिबी हटाउन, सानाे तिनाे आर्थिक गर्जाे टार्न तरकारी खेतीकाे महत्वपूर्ण भूमिका हुने र दैनिक रुपमा तरकारी किनेर खानु पर्ने समस्याबाट मुक्त हुन सहयोग पुग्ने हुँदा टाेल विकास संस्थाको माग अजुसार तरकारीको बीउ वितरण गरिएको बताए ।

घर वरपरकाे थाैरै ठाउँमा पनि लगाउन सकिने बाेडी, काक्राे, घिराैला, करेला,लाैका र फर्सिकाे बीउ वितरण गरिएको छ ।

वडाध्यक्ष किरण पाण्डेकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा त्रियुगा नपाका कृषि विकास शाखाका प्राविधिक साेम बहादुर दनुवारले रसायनिक मलकाे विषादी युक्त उत्पादनभन्दा अर्ग्यानिक उत्पादनमन विशेष जाेड दिन अाग्रह गर्दै प्राविधिक सहयाेगकालािग जुनसुकै समयमा पनि आफूहरू सहयोग गर्न तयार रहेको बताए ।