बयान दिए लगत्तै विनोद चौधरी श्रीलंका प्रस्थान



काठमाडौं ।

नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका गएका छन् ।

सरकारी जमिन हिनामिना प्रकरणमा सीआईबीलाई बयान दिए लगत्तै आज दिउँसो चौधरी श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गरेका हुन् ।

चौधरीले बिहान सिआइबीको रोहबरमा सरकारी वकिल कार्यालयमा बयान दिएका थिए ।  चौधरीमाथि तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्