श्री लाली गुराँसलाई समस्याग्रस्त सहकारीबाट हटाउन संघको माग



काठमाडौं ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले ललितपुरको पुलचोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्यागाग्रस्त सहकारीबाट हटाउन माग गरेको छ ।

संघले प्रेस विज्ञप्ती जारी गरी सो माग गरेको हो । संघले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो सहकारीलाई समस्याग्रस्त घोषणा गरिएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । संघले मन्त्रालयले गरेको सो निर्णय तत्काल फिर्तालिन आग्रह गरेको छ ।

विज्ञप्तीमा संघको सदस्य संस्था श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी हचुवाको भरमा मन्त्रालयसँग छलफलकै क्रममा रहेको अवस्थामा मन्त्रालयले समस्याग्रस्त घोषणा गरिएको छ ।

सहकारी संस्थाको दैनिक कार्यलाई निरन्तरता दिँदै संस्था सञ्चालनमा रहेको तथा सदस्यहरुको बचत फिर्तालाई विशेष ध्यान दिँदै सोही अनुरुप पहल गरी बचत फिर्ता गर्दै आईरहेको उक्त संस्थालाई मन्त्रालयद्वारा समस्याग्रस्त घोषणा गरिएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

सहकारी विभागको सिफारिसमा मन्त्रालयको समस्याग्रस्त घोषणा गरेपछि सहकारी संस्थाहरुको समस्या समाधान हुन नसक्ने उल्लेख छ । विगतमा अन्य सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि खासै प्रगति हुन सकेको छैन । त्यसैले व्यहोरा विगतका दिनहरुमा सहकारी व्यवस्थापन समितिले गरेको कार्य प्रगतिबाट अनुभव गर्न सकिने विज्ञप्तीमा उल्लेख छ ।

विगतका वर्षहरुमा घोषणा गरिएका सहकारी संस्थको सदस्यहरुले बचत फिर्ता नपाएर आन्दोलनमा उत्रिएको अवस्था आएको परिपेक्षमा अनपेक्षित रुपमा विभाग तथा मन्त्रालयद्वारा संस्था सुधारको लागि आवश्यक निर्देशन नै नदिई तथा संस्थाले ६ महिनाको समय माग गर्दा समेत सो को वेवास्ता गरी संस्थालाई समस्याग्रस्त घोषणा गरेको ३ गुणा भन्दा बढी सदस्यहरुले सहकारी विभाग समक्ष संस्था समस्याग्रस्त घोषणा खारेजी गरी पाउँ भनी निवेदन दिँदा समेत वेवास्ता गरी एकतर्फी रुपमा समस्याग्रस्त घोषणा गरिएकोमा संघको ध्यानाकर्षण भएको जनाएको छ ।

सहकारी संस्थाहरुलाई समस्याग्रस्त घोषणा गर्नु मात्र समस्या समाधान नभएको हुँदा, सहकारी विभाग तथा मन्त्रालयको उक्त कामलाई पुनःविचार गरी निर्णय फिर्ता लिई संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्