रसुवामा एसईईको परीक्षा केन्द्र तोकियो

9.68k
Shares

रसुवा ।

रसुवा जिल्लाभरबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागि ५ वटा परीक्षा केन्द्र तोकिएको छ । ५ सय ७१ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुने भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई रसुवाका अनुसार जिल्लाभरबाट २४ विद्यालयका ५ सय ७१ ले एसइईमा सहभागी हुनेछन् नियमित तर्फबाट ५ सय ५२ जना आसिक १९ विद्यार्थी रहेका छन् । । चैत १५ देखि सुरु हुने एसइई २७ गते सकिनेछ ।

एसइईका लागि परीक्षा केन्द्रमा उतर पुस्तिका पठाउने तयारी भइसकेको छ ।समन्वय इकाई प्रमुख कर्ण बहादुर बुढाथोकीका अनुसार परीक्षा बिहान ८ बजेबाट हुनेछ । यस वर्ष नयाँ कोर्स र परीक्षा प्रणाली अनुसार सो संख्यामा विद्यार्थी सहभागी हुन लागेका हुन गत वर्ष ८०० पुर्णाङ्क मा एसइई दिएका विद्यार्थीहरुले यस वर्ष ७०० पुर्णाङ्कमा दिँदै छन् भने कम्तीमा सबै विषय मा ३५ अंक ल्याउनेले मात्रै ११ पढ्न पाउने व्यवस्था गरिएको छ ।

विगतमा छुट्टै परीक्षा केन्द्र निर्धारण गरिए पनि अहिले ग्रेड वृद्धि गर्ने परीक्षार्थीहरूको परीक्षा नियमितको परीक्षा दिएकै विद्यालयमा गर्न केन्द्राध्यक्षहरुलाई नियुक्त गरिने छ । परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन नियुक्त केन्द्राध्यक्ष, सुरक्षा निकाय लगायतका लागि अभिमुखीकरण कार्यक्रम पनि तय गरिसकेको जनाइएको छ ।