कांग्रेसलाई नै बैशाखी वनाएर अगाडी बढ्ने नेता कोईरालाको कार्यकतालाई आह्वान



बुटवल ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले राजनीति गर्नेहरुमा नैतिकता जरुरी रहेको बताउनु भयो । जुन नेतामा नैतिकता हुन्छ त्यो नेता नै मुलुकमा ढीलो चाडो सक्षम नेताका रुपमा स्थापित हुने उहांले दावि गर्नु भयो ।

जीपी कोईराला स्मृती प्रतिष्ठानको बुधवार बुटवलको तामनगरमा भवन शिलान्यास गदै नेता कोईरालाले गृह मन्त्री रवि लामिछाने प्रति ईगित गदै राजनीतिमा सफल हुने हो भने आफूमाथी लागेको आरोपको छानविन गर्न भन्दै राजिनामा दिएर मार्ग प्रस्सत गर्न आह्वान गर्नु भयो । नेता कोईरालाले नेपाली कांग्रेसलाई कसैको बैशाखी बन्न जरुरी नरहेको भन्दै कांग्रेस भित्र सहमती एकता र सहकार्य गरौ कांग्रेसलाई नै बैशाखी वनाएर अगाडी बढौ मुलुक कांग्रेस मय हुने दावि गर्नु भयो ।

कांग्रेस गांउगाउं टोलमा पुगेर जनताले भोगेको समस्यामा साथ दिन र मिठो वोले मात्र पुग्ने धारणा राख्नु भयो । उहाँले शान्ति प्रकृया टुगोमा पुग्न नसक्नुमा स्व गिरिजा प्रसाद कोईरालाको अभाव रहेका भन्दै सत्ताको मोलमोलाईले सत्य निरुपण तथा मेलमिलापले सार्थकता पाउन नसक्ने जिकिर गर्नुभयो ।

नेता कोईरालाले अन्र्तराष्ट्रिय समुदायले सत्य निरुपण तथा मेलमिलापको सवालमा राखेका विषयमा माओवादी अध्यक्ष प्रचण्ड तयार नहुदा सत्ता गठबन्धन टुटनुमा एउटा परि घटना भएको खुलासा गर्नु भयो। उहाँले सत्य निरुपण तथा मेलमिलाप टुगोमा पुग्नु भनेको पीडितहरुले मलम लगाउनु हो भन्दै त्यसो गर्न नसक्नु पीडितहरु माथी अन्याय हुनु हो भन्नुभयो ।

जीपी कोईराला स्मृती प्रतिष्ठानका सभापति राम बहादुर कार्कीको कार्यक्रममा नेपाली कांगेसका लुम्बिनी प्रदेश सभापति अमर पुन कांग्रेसका नेताहरु अब्दुल रज्जाक, गोविन्द्र पोखरेल, रामकृष्ण खांण, खेल राज पाण्डेय, गंगा शाही, परमानन्द भट्रराई लगायतले वोल्दै स्व गिरिजा प्रसाद कोईरालाले अगाडी सारेको नीतिमा कांग्रेस विचलित हुन नहुनेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्