गाईघाटमा जुत्ता चप्पल महोत्सव सुरु

294
Shares

उदयपुर ।

उदयपुरको सदरमुकाम गाईघाटमा आजबाट प्रथम गाईघाट जुत्ता चप्पल महोत्सव सुरु भएको छ । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्वारा आयोजित महोत्सवमा ५ ब्राण्डका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएका छन ।

त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बस्नेतले स्वदेशी उत्पादनको प्रयोगलाई बढाउनु आवश्यक भएको र विदेशी उत्पादनलाई बजारबाट विस्थापन गरेका खण्डमा स्वदेशी उत्पादकहरु लाई राहत हुने बताए ।

बस्नेतले नेपाली उत्पादनले नेपाली बजार पाउनु पर्छ र नेपालीले पनि नेपाली उत्पादन नै प्रयोग गरेर व्यापार प्रवर्धनमा सहयोग गर्नु पर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु राम्रो र स्वदेशी सीप परिश्रमलाई सम्मान गर्नु पर्न बताउँदै चोरी पैठारीका सामान बजारमा ल्याउन नदिन प्रहरी सक्रिय रहेको र चोरीका सामान बजारमा ल्याएमा कार्बाही गर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्दीय सदस्य तथा फूटवेयर म्यानुफ्याकचर कम्पनिका निवर्तमान अध्यक्ष तथा फूटवाक प्रा.लिका निर्देशक नानीराज घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा उनले नेपालमा जुत्ता चप्पल उदोग करीब १५ सय रहेको र साना ठूला मझौला सबैखाले उद्योग भएकोले उत्पादन क्षमता फरक रहेको जानकारी दिंदै नेपाली उत्पादनको बजार प्रवद्र्धन तथा स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिन महोत्सवको आयोजना गरिएको बताए ।

घिमिरेले नेपालमा वार्षिक १६ करोड जोर जुत्ता चप्पल उत्पादन हुने र साढे छ करोड जोर बजारमा जाने बताउँदै भारतबाट चोरीका जुत्ता चप्पल ल्याएर बिक्री गर्ने प्रवृतिले नेपाली उत्पादनले बजार पाउन नसकेको बताए ।

गाईघाट जुत्ता चप्पल महोत्सवका संयोजक तथाफुटवेयर म्यानुफ्याक्चरकापूर्व अध्यक्षहोमनाथ उपाध्यायले नेपालमा उत्पादन हुने सबै जुत्ता चप्पल उद्योगका उत्पादनहरु एकै ठाउँमा बिक्री तथा प्रदर्शन गर्ने नीति अनुरुप महोत्सव आयोजना गरिएको बताए ।

१८ न बाहिनीका प्रमुख मनोज बैदवार, त्रियुगा नगरपालिकाकी उप मेयर महेश्वरी राई, नेपाल पत्रकार,महासंघ उदयपुरका अध्यक्ष भरत खड्का लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए । जुत्ता चप्पल महोत्सव ७ गते बुधबारबाट शुरु भएर चैत्र महिना भरी संचालन हुने छ भने ५० हजारले महोत्सव अवलोकन गर्ने र सो अवधिमा करीब ६० लाखको व्यापार हुने अनुमान गरिएको महोत्सव संयोजक घिमिरेले बताए ।