सरुवा भएका अधिकारीलाई नेताहरुकाे दबाबमा काम नगर्न गृहमन्त्री लामिछानेको निर्देशन


काठमाडौं ।

उउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा भएका अधिकारीलाई  नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानूनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न निर्देशन दिएका छन्

गृह मन्त्रालयमा बुधबार बसेकाे बैठकमा गृहमन्त्री लामिछानेले राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न निर्देशन दिएका हुन् ।

उपप्रधान एवं गृहमन्त्रीको निर्देशनः

– नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानूनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्नुस्। सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्छ। आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्वको सञ्जाल तोड्नुस्, तिनका सहयोगी बन्ने होइन।

– सेवा प्रवाहमा तत्काल सुधार, गुण्डागर्दी, तस्करी, राजस्व चुवावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिबृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्नुस्।

– राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुस्। आज्ञापालक होइन, सिर्जनशिल प्रशासक बन्नुस्। नागरिकबाट मानसम्मान खोज्ने होइन, उनीहरुलाई गर्नुस्। औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्नुस्। जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, लिएपछि नभाग्नुस्।

– अध्यागमनका समस्या समाधानका योजना ल्याउनुस्, हरसंभव सहयोग हुन्छ। त्यहाँ सेवाग्राहीले सास्ती भोग्नु नपरोस्।

गृहसचिवको निर्देशन:

– सुरक्षा र सेवा प्रवाहमा तत्कालै सुधार हुनुपर्छ। स्थानीय सरकारसँग समन्वय गर्नुस्। समयमै निर्णय र रिपोर्टिङ गर्नुस्।

गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभूवन विमानस्थल, अध्यागमन कार्यलय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा चैत्र ६ गते उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो। जिम्मेवारी सम्हाल्न दिनुअघि उनीहरुलाई गृहमन्त्रीले निर्देशन दिनुभएको हो।