लमजुङदेखि मनाङसम्म खुल्यो लालुपाते पदमार्ग

2.1k
Shares

लमजुङ ।

लमजुङको सदरमुकाम बेसीशहर देखि हिमाली जिल्ला मनाङ सम्म पुग्ने बैकल्पिक पदमार्ग खोलिएको छ । नेपाल आउने पर्यटकहरुमध्ये अधिकांशको रोजाइमा पर्ने विश्व चर्चित अन्नपूर्ण पदमार्गमा बैकल्पिक पदमार्ग निर्माण गरीएको हो । उक्त पदमार्गलाई नेदरल्याणका नागरीक मार्क एन्ड्रियास र अनुभवी पथप्रर्दशक तथा ट्राभल एजेन्सी संचालक प्रेम राईले लालुपाते ट्रायल नामकरण समेत गर्नुभएको छ ।

मनाङ लमजुङ होटल व्यवसायी संघको पहलमा प्रदेश सरकार, गाँउपालिका र पर्यटन कार्यालय कास्की पोखराको आर्थिक सहयोगमा लालुपाते ट्रायल खोलिएको संघका उपाध्यक्ष खुशीराम गुरुङले बताउनुभयो । डाँडाकाँडा र मनोरम दृश्य अवलोकन गर्दे मनाङ घुम्न जान पैदलयात्रा रुचाउने पर्यटक लक्षित उक्त पदमार्ग खोलिएको संघका उपाध्यक्ष गुरुङको भनाई छ ।

“उपाध्यक्ष गुरुङ भन्नु हुन्छ– जिजुबाजेको पाल देखिको बाटोलाई मर्मत सम्भार गरी लालुपाते ट्रायल खोलिएको हो । डाँडाकाँडा झरनाको मनोरम दृश्यमा फोटो खिच्दै घुम्न रुचाउने पर्यटकहरुलाई अब यो पदमार्गबाट यात्रा गर्न सहज हुने र बाटोमा रहेका होटल व्यवसाय पनि फस्टाउने अपेक्षा लिइएको छ ।”

पदमार्गको कुनै भागमा सिँढि लगाइएको छ भने कुनै भागमा सम्म बनाइएको छ । ८० प्रतिशत सम्पन्न बैकल्पिक पदमार्ग निर्माणका लागि प्रदेश सरकार, मर्स्याङदी गाँउपालिका र पर्यटन कार्यालय कास्की पोखराबाट १ करोड ४५ लाख सहयोग प्राप्त भएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । लालुपाते मार्गमा हिड्ने पर्यटकहरुको सहजताको लागि निलो र सेतो रङले चिन्ह लगाएर साइड ट्रयाक र रातो र सेतो रङ लगाएर मेन ट्रयाक बनाइएको छ ।

लालुपाते बैकल्पिक पदमार्गको पहिलो गन्तव्य बेसीशहर नगरपालिका ७ सहजी स्थित पुमा खोलाबाट शुरु भई बेलौतीविसौनी, लेते फाँट, सिमाल चौर, हाद्रुबेसी, भुलभुले, ङादी, बाहुनडाँडा, घेर्मु, तल्लो चिप्ला, उपल्लो चिप्ला, जगत, च्यामचे, ताल, धारपानी दानक्यु, तिमाङ हुँदै छिमेकि जिल्ला मनाङको चामे पुगिन्छ ।