आज मनकामना केबलकार बन्द हुने

938
Shares

काठमाडौं ।

मनकामना केबलकार बन्द हुने भएको छ । चैत ७ गते बुधबार केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त केबलकार एक दिनका लागि सेवा बन्द गर्नुपर्ने भएको हो ।

केबलकार सेवा बन्द रहेपनि केबलकारको तल्लो स्टेसनमा रहेको रेष्टुरेन्ट भने नियमित सञ्चालनमा रहनेछ। केबलकारको नियमित सेवा चैत्र ०८ गते बिहीबारदेखि पुनःसञ्चालनमा आउनेछ।