‘सत्ता छुटेको पीडामा कांग्रेस छाती पिटेर रुदैछ’

2.9k
Shares

धनगढी ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफुतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेको आरोप लगाएका छन ।

प्रेस चौतारी नेपाल कैलाली शाखाले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन । ‘रवी लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफुतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ’ ओलीले भने ।

उनले आफु प्रधानमन्त्री भएको बेला शेर बहादुर तामाङ र गोकुल बास्कोटाको प्रसंग उल्लेख गर्दै भने । ‘मैले बोलाई चिप्लेकै कारण शेर बहादुर तामाङ र गोकुल बास्कोटालाई फिर्ता बोलाए, तर भएको केही पनि थिएन । नेपाली काँग्रेसका मन्त्री त झण्डा हल्लाउदै अख्तियार गएका थिए, सबैले देखेको होईन, अनी अहिले गृहमन्त्रीका बारेमा कुन नैतिकताले प्रश्न उठाउने रु’ ओलीले प्रश्न गरे ।

उनले काँग्रेसले सरकार छोडनुपरेको पिडामा छाति पिटिरहेको आरोप समेत लगाए । ‘काँग्रेसको अहिलेको कदम, सरकारबाट बाहिरिएको पिडा हो । उसले सरकारबाट बाहिरिएको पिडामा छाति पिटेर रुदै के भन्छ ?  त्यसलाई धेरै महत्व दिईराख्नुपर्ने आवश्यकता छैन’ ओलीले भने ।सुनकाण्डमा माओवादीका उपाध्यक्ष  पक्राउ परेको घटनामा पत्रकारहरुले राखेका जिज्ञासामा ओलीले भने, ‘सोमबार माओवादीका नेता पक्राउ परेका होईनन । माओवादीका नेता पक्राउ पर्दैनन तर अनुसन्धानभीत्र आएका जो कोही पनि पक्राउ पर्न सक्छन ।’

उनले त्यतीबेला नेकपा एमालेले सुनकाण्डका बारेमा आयोग वा छानविन समिति गठन हुनुपर्छ भनेर राखेको अडान अहिले पुस्टि भएको जिकिर गरे । ‘त्यतीबेला हामीले आयोग गठन हुनुपर्छ भन्यौ, तर कांग्रेसले २ महिला ढिलो गरिदियो’ उनले भने । एक अर्को प्रशंगमा ओलीले अबको बाँकी कार्यकाल प्रचण्डनै प्रधानमन्त्री हुने संकेत गरे । पत्रकारहरुको जिज्ञासामा ओलीले भने ‘मलाई अहिले प्रधानमन्त्री खान मन छैन, अरु कोई तयार भएको छैन । उनले(प्रचण्ड)ले नै खानुहोला जस्तो पो देखिएको छ त’ मुस्कुराउदै ओलीले भने ।

नयाँ गठबन्धनलाई बाग्मती, गण्डकी र कोशीमा प्रदेश सरकार गठन गर्न असहज भएको छ । प्रदेशको भागबण्डा र यी तीन प्रदेशको समिकरण बारे पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा ओलीले भने, ‘अहिले त्यस बारेमा म केही नभनौं । किनकी मैले पत्रकारलाई भएको कुरा भन्नुपर्छ । अनुमानका भरमा भन्नुहुदैन ।’