चितुवाको आक्रमणबाट चाजना घाइते

2.7k
Shares

धादिङ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेसीमा चितुवाले आक्रमण गर्दा चारजना स्थानीयवासी घाइते भएका छन् । जंगलमा व्यापक डँढेलो लागेपछि गाउँपसेको चितुवाले घरबाट विद्यालय जान लाग्नुभएका नीलकण्ठ नगरपालिका वडा नम्बर ७ की २३ वर्षीया शारदा श्रेष्ठलाई आक्रमण गर्दा गम्भीर घाइते भएका थिए ।

गाउँमा चितुवा आएर मानिस आक्रमण गरेको खबरपछि घाइतेलाई बचाउने क्रममा चितुवाले अन्यगाउँबासीलाई समेत आक्रमण गरेको थियो । आक्रमणबाट घाइतेहुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेसीका ४५ वर्षीया बिमला कोइराला, ८० वर्षीय नन्द प्रसाद अधिकारी, र ३७ वर्षीय विष्णुपुकार श्रेष्ठ रहेको तलोबेसीका कृष्णप्रसाद अधिकारीले बताए ।

चितुवाले आक्रमण गरेपछि घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । शारदा र विमलाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । मानिसहरु आक्रमण गर्न थालेपछि गाउँबासीले चितुवा धपाउने क्रममा ढुंगाले लागेर चितुवा समेत मरेको छ । मरेको चितुवाडिभिजन बन कार्यालयमा लगिएको छ ।