म्याग्दीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

252
Shares

म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, नेपानेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जिप दुर्घटना भएको हो।

घटनास्थलमा सवारीधनी एवं चालक अन्दाजी ३७ वर्षीय गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिए।

सडकदेखि करिब २०० मिटर तल खोचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जिपबाट दुईजनाको शव फेला परेको उनले बताए। “हिजो (आइतबार) राति पोखरेबगरबाट छुटेको जिप पाउद्वार नपुगेको खबर आएपछि खोज्ने क्रममा आज बिहान ८ बजेतिर भीरमा अड्किएको अवस्थामा फेला परेको हो,” उनले भने ।

प्रहरी नायब उपरीक्षक मदन कुँवरले घारा र भुरुङ तातोपानीबाट प्रहरीको टोली घटनास्थल पुगेर शव संकलन, पहिचान र अनुसन्धान थालेको बताए।