नर्स हत्या प्रकरण: आरोपित प्रेमी पनि मृत भेटिए

714
Shares

काठमाडौं ।

विराटनगरको नोबेल अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्यामा संलग्न भनिएका युवा मृत भेटिएका छन्। स्टाप नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न भनिएका उनका प्रेमी २२ वर्षीय शिवशंकर दास मृत भेटिएका हुन्।

चार दिनअघि मृत फेला परेकी २५ वर्षीया नर्स चन्द्रिकाकुमारीलाई उनका प्रेमी शिवशंकर दासले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

सिराहाको लहान घर भएका शिवशंकर विराटनगर-४ स्थित नोबल अस्पताल अगाडिको फाइन होटेलको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारीको विराटनगर–४ स्थित एक घरमा शुक्रबार दिउँसो हत्या गरेको अवस्थामा शव भेटिएको थियो। हत्या प्रेमी शिवशंकरले गरेको निष्कर्ष निकाल्दै प्रहरी उनको खोजी गरिरहेको थियो।