उद्घाटन खेलमा प्रसिद्धको जित



काठमाडौं ।

शसस्त्रको हल्चोकमा भएको १२औँ सहबीर राष्ट्रिय खुल्ला लनटेनिस प्रतियोगिताको उद्घाटन खेलमा प्रसिद्ध मोक्तानले जित निकालेका छन्। आइतबार भएको खेलमा प्रसिद्धले सन्तोष भण्डारीलाई ६–२, ६–३ ले पराजित गरेका हुन्।

यस्तै पुरुष एकलको अन्य खेलमा योगेन शेर्पाले सविन श्रेष्ठलाई ६–१, ६–०, निजेज महर्जनले बेदकुमार तामाङलाई ६–१, ६–० ले पराजित गरे। नेहालजंग थापाले भने सुजन लामाबाट वाकओभर पाएका थिए ।

यसैगरी मिक्स डवलतर्फ सन्तोष खत्री र देवना कार्कीको जोडीले सुमन लामा र कल्पना गुरुङको जोडीलाई ६–४, ७–५ ले हरायो । सुभाङ्गीलक्ष्मी शाह र सक्षमबिक्रम शाहको जोडीले भगवती बिक र निजेज महर्जनको जोडीलाई ६–०, ६–१ पराजित गर्‍यो।

प्रतियोगिता हलचोकका साथै त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको टेनिस कोर्टमा संचालन भईरहेको छ। कुल पुरस्कार राशी ५ लाख २७ हजार रहेको प्रतियोगितामा ११ इभेन्ट्स समावेस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्