अरोनियन र रबसन चेसको फाइनलमा

470
Shares

एजेन्सी ।

अमेरिकन ओपन चेस च्याम्पियनशिप २०२४ को फाइनलमा लेभोन अरोनियन र रबसन रे भिड्ने भएका छन् । यी दुवै खेलाडीले फाइनलमा फेभियानो कररुआना र वेसली सोलाई पराजित गर्दै अमेरिकन ओपनको फाइनलमा स्थान बनाएका हुन् ।

अमेरिकन ओपन चेसमा प्राय सधैंजसो उथलपुथलपूर्ण नतिजा आउने गर्दछ । यसपटक पनि यसले निरन्तरता पाएको छ । जसमा सेमिफाइनलमा विश्व वरियता क्रमको दोस्रो स्थानमा रहेका फेभियानो कररुआना लगातार दोस्रो वर्ष सेमिफाइनलमा पराजित हुन पुगेका छन् ।

अरोनियनले शुरुवाती चार ड्र खेल्दै अन्तिममा ब्लिट्ज टाइब्रेकरमा पराजित गरेका हुन्। त्यस्तै, दोस्रो सेमिफाइनलमा युवा खेलाडी रबसनले पनि रोमाञ्चक तथा सनसीपूर्ण खेलमा विश्व चर्चित खेलाडी वेसलीलाई ३–१ अंकको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश पाएका हुन् ।

अमेरिकन ओपनको प्ले अफ म्याचमा पराजित हुने खेलाडीले लगातार अन्य खेल जितेमा सुपर फाइनलमा स्थान बनाउन नियम रहेको छ । जसका कारण अहिले पनि यी दुवै खेलाडीलाई सुपर फाइनल खेल्ने सम्भावना भने बाँकी नै रहेको अवस्था छ ।