काठमाडौं ।
काठमाडौंको गोकर्णेश्वर– ३, स्थित तारेभीरकी १८ वर्षीया युवती सुष्मा लामा प्रकरणका आरोपी पक्राउ परेका छन् ।
हत्यामा संग्लग्न भएको आरोपमा स्थानीय एक २१ वर्षीय युवालाई पक्राउ गरिएको हाे । शरीरको भाग गाडिएको र हात मात्रै देखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले फागुन २५ गते शव खाल्डोबाट निकालेको थियो।
मृतक गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ की लामा रहेको खुलेको थियो। उनी गत माघ २२ गते बिहान ५ बजेदेखि हराएकी थिइन्। उनी हराएको भन्दै आफन्तले माघ २५ गते प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए।
लामाको हत्या आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले गोकर्णेश्वर नगरपालिका ३ का २१ वर्षीय रूपेन्द्र लामालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। रूपेन्द्रले सुष्मासँग आफ्नो एकतर्फी प्रेम रहेको बयान प्रहरीसमक्ष दिएका छन्।











प्रतिक्रिया