जसपा सांसद अन्सारीको निधन

3.2k
Shares

काठमाडौं ।

प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते हृदयघातका कारण निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् ।

सभामुख देवराज घिमिरेले आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन् । २०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन् । उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।