हेटौंडामा प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी सुरु


हेटौंडा ।

वागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशस्तरीय आठौं महिला उद्यमी प्रदर्शनी–२०८० शुक्रबारदेखि सुरु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले प्रदेश प्रदर्शनी आयोजना गरेको हो । समितिले ११ वर्षपछि ‘पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यकता’ भन्ने नारासाथ प्रदर्शनी थालेको छ ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णकुमार गुप्ताले संघले उद्योगी-व्यवसायीहरुको हकहित संरक्षण गर्दै जिल्लाको आर्थिक र सामाजिक विकासमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुस“ग सहकार्य गरी अर्थतन्त्रलाई सबल र सुदृढ बनाउन भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले विश्वव्यापी आर्थिक मन्दीका कारण लगानी र उत्पादन संकुचित भइरहेको अवस्थामा राज्यले बैंकको व्याजदर नियन्त्रण गर्नु आवश्यक रहेको, बदलिदो व्यावसायिक वातावरणलाई समयानुकूल सम्बोधन गर्न र नवप्रवर्तन तथा उद्यमशीलता प्रवद्र्धन गर्नु आवश्यक रहेको औंल्याउनुभयो ।

महिला उद्यमीहरुलाई महिला उद्यमी विकास समितिमार्पmत् विभिन्न सिपमूलक तालिम आयोजना गर्दै आएको, मुलुककै पहिलो महिला विशेष आर्थिक क्षेत्र (उमन सेज) निर्माणको लागि प्रस्ताव तयार गरी पहल गरिरहेको, २०५३ सालमा मकवानपुर उद्योग वाणिज्य संघअन्तर्गत् गठन भएको महिला उद्यमी विकास समितिले स्थापनाकालदेखि नै उत्पादनमूलक तालिम तथा सिप विकास र व्यक्तित्व विकाससम्बन्धि क्रियाकलापहरु गर्दै महिला नेतृत्व विकासका लागि आफ्नो भूमिका निर्वाह गर्दै आएको उहाँको भनाइ थियो ।

कार्यक्रमका वागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद् एकालाल श्रेष्ठले प्रदर्शनीलाई व्यापक बनाउँदै धेरैभन्दा धेरै उपभोक्तामा जानकारी पु¥याउनुपर्ने बताउ“दै हस्तकला व्यवसाय प्रवद्र्धन गर्न प्रदेश सरकारले काम गरिरहेको भनाइ राख्नुभयो । हेटौंडा उपमहानगरपालिका प्रमुख मीना लामाले साना तथा घरेलु तहका उत्पादनहरुलाई ब्राण्डिङ गरी उद्यमशीलता विकास गर्न चाहेको बताउनुभयो ।

महिला उद्यमी विकास समिति सभापति अंकिता सुमार्गीले नेपालको परिपे्रक्ष्यमा उद्योग, व्यवसाय र उत्पादन क्षेत्रमा पुरुषको तुलनामा महिला सहभागिता न्यून रहेको भन्दै महिला उद्यमीद्वारा उत्पादित वस्तु बजारीकरण गर्न यस्ता प्रदर्शनी आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी वर्षहरुका लागि प्रदेश सरकार तथा अन्य तालुक निकायहरुले बजेट विनियोजन गरी यस प्रकारका प्रदर्शनी प्रवद्र्धन गर्न अनुरोध गर्नुभयो । ५ दिन चल्ने प्रदर्शनीमा महिला तथा कृषि उद्यमीहरुको मनोबल बढाउन प्रदर्शनीमा रहेका स्टलहरु अवलोकन गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा उद्योग संघ मकवानपुर अध्यक्ष बद्रीनाथ शर्मा, हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहाल, नेकपा एमालेकी नेतृ सुमित्रा काफ्ले, नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेश सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघ पूर्वअध्यक्ष उत्तमशर्मा ढकाललगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रदर्शनीमा महिला उद्यमीहरुको हस्तकलाका उत्पादनहरु, अन्य वस्तु तथा सेवाहरुको प्रदर्शनी साथै कृषिसम्बन्धि स्टलहरु छ । चैत ६ गतेसम्म हेटौंडाको पल्पसा सदनमा आयोजना हुने प्रदर्शनीमा ३७ वटा स्टल छन् । प्रदर्शनीमा मकवानपुर, सिन्धुली, चितवन, काठमाडौं, नुवाकोट, इटहरीदेखिका उद्यमीहरुले स्टल राखेका छन् ।

जिल्लाहरुका उत्पादन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको प्रदर्शनीमा निःशुल्क प्रदर्शनी तथा अवलोकनको व्यवस्था गरिएको छ । प्रदर्शनी अवधिभर महिला उद्यमीहरुको बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, कृषिउपज प्रदर्शनी तथा बिक्री, स्थानीय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक प्रस्तुति, महिला उद्यमीहरुको सफलताको कथा प्रस्तुति, महिला उद्यमशीलतालगायत विषयमा प्यानल छलफल, कृषिसम्बन्धि खुला अन्तरक्रिया  हुनेछ ।