आगलागीबाट तीन घर जले, ४५ लाख ७० हजारको क्षति

1.7k
Shares

 उदयपुर ।
उदयपुरको रौतामाई गाउँपालिका ३ भोर्लेनीमा शुक्रबार साँझ आगलागी हुँदा ४५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । कोशी किनारको नव उदयप सामुदायिक वनमा लागेको डढेलो जंगलबाट सल्किएर वरपर सर्दै गएर अचानक गाउँ प्रवेश गर्दा स्थानीयको तीन वटा घर र ६ वटा गोठ जलेर नष्ट भएका हुन् ।
आगलागीबाट मनकुमारी राई, जगत राई र गउनकुमारी राईको घर र ग्वाली पूर्णरुपले जलेर नष्ट भएको वडाध्यक्ष दिपेन्द्र दहालले बताए । त्यसैगरी मदनराज राई, रामबहादुर राई र गोबिन्द नेपालीको ग्वाली नष्ट भएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाका अनुसार आगलागीबाट ३ वटा घर ६ वटा गोठ समेत गरेर  ४५ लाख ७० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक विवरण आएको छ । उक्त  आगो नेपाल प्रहरी र स्थाीय जनताको सहयोगमा नियन्त्रणमा आएको उदयपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक थापाले बताए ।
आर्थिकरुपले तीनै परिवार विपन्न रहेको र खाद्यान्न सामग्री सबै नष्ट भएकाले सहयोग गरिदिन सामाजिक संजालमार्फत वडाध्यक्ष दहालले अपिल गरेका छन् । आफ्नो फेसवुक पेजमा लेखेका छन्, ‘उहाँ घर जल्नेहरुको एक छाक पनि खान र बस्ने ब्याबस्था नभएकोले सयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।