तामाङ सम्पदा मार्गको पर्यटकीय स्थलकाे क्यानभासमा चित्रहरु कोरिने 

924
Shares

 रसुवा ।

जिल्लाको आमा छोदिङमो गाउँपालिकाभित्र रहेका विभिन्न पर्यटकीय ,धार्मिक ऐतिहासिक संस्कृति क्षेत्र हरूमा प्रत्यक्ष अध्ययन अवलोकन गरी ललित कला क्षेत्रका कलाकारहरूले क्यानभास मा त्यहाँ को वस्तुस्थिति माथि चित्र कोर्ने भएका छन् ।

चित्रकला को माध्यमबाट विश्व सामु चिनाउन र यहाँको स्थानीय पर्यटन प्रवर्द्धन का निमित्त गाउँपालिकाले यो कार्यक्रम गर्न लागेको अध्यक्ष बुचुङ तामाङले बताउनु भयो । नेपाल भरबाट २५ जना र रसुवाका ५ जना गरी ३० जना कलाकार हरू चैत ९ गते गत्लाङ पुग्नेछ, १० गते पार्वति कुण्ड क्षेत्रमा ११ गते गत्लाङ क्षेत्रमा ,१२ गते गोल्जुङ गाउँमा पुगेर समापन हुनेछ ।

ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला विभाग का प्रमुख प्राज्ञ संन्जय बान्ता का अनुसार चित्रकार हरूले तयार पारेको चित्रहरू को प्रर्दशनी नेपाल  ललितकला प्रतिष्ठान को सभा हल काठमाडौँ मा १ हप्ता प्रदर्शन समेत गरिने छ । आमा छोदिङमो गा,पा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँ को आयोजनामा हुने भएको हो । धार्मिक आस्था ले भरिपुर्ण पार्वतीकुण्ड कालोगाउ ले विश्व प्रशिद्व गत्लाङ गाउँ,तामाङ सांस्कृतिक र परम्परा को गोल्जुङ गाउँ,चिलिमे गाउँ,पर्यटकीय क्षेत्र लाई चित्रको माध्यम वाट प्रचारप्रसार गरी लाखौँको संख्यामा पर्यटन भित्र्याउने लक्ष्य रहेको बेत्रावती रसुवाका चित्रकार शशी डङ्गोलले बताए ।

आमा छोदिङमो गाउँपालिका भित्र  विभिन्न र अदृश्य रूपमा सयौँको संख्या मा पर्यटकीय लगायत धार्मिक स्थलहरू रहेका छन् ।ती सबैको प्रचारप्रसार मा तीव्रता दिएर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गाउँपालिका बनाउन लागेको उपप्रमुख चण्डिका तामाङले वताए ।