मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार

1.9k
Shares

काठमाडौं ।

मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको छ । रौतहटमा शुक्रबार सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएकाे हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको जनाएकाे छ  । प्रहरीले गोली चलाउने समूहका तीन जनालाई पक्राउ गरेकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।