कांग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा

770
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछानेको राजीनामा मागेका हुन्।

त्यसक्रममा सांसद पौडेलले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै त्यस्तो व्यक्ति अनुसन्धान गर्ने निकायमा बसेर कसरी अनुसन्धान हुन्छ भन्दै प्रश्न गरे।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रश्नको जवाफ नदिएर भागी हिँडेको आरोप लगाए। प्रधानमन्त्रीले लामिछानेलाई मन्त्री बनाउन नहुने उनको भनाइ छ। “अहिलेका गृहमन्त्री प्रश्न गर्ने पेसाबाट आउनुभएको हो। राजनीतिमा प्रश्न गर्न मात्रै पाउनुपर्छ भन्न मिल्दैन। आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहँदैनथ्यो,” उनले भने, “सम्माननीय प्रधानमन्त्रीले उहाँलाई गृहमन्त्री बनाउनु हुँदैनथ्यो।”

गृहमन्त्री लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘म गृहमन्त्रीलाई भन्न चाहन्छु–उच्च नैतिकताका आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस्।’